“नालायक छेर बादुर !

विदुर खबर २०७९ मंसिर २७ गते ८:१८

आज हामि आम जनताले कहिले काँहि आफ्नो मनको बह हाकाहकी भन्न नसकेनि यसरि पनि पोख्दा रहेछन् । एकजना मेरा बिदेशिन बाध्य भएका प्रिय मित्रले देशका नेता प्रतिको रोस यसरि प्रकट गरेः

Advertisement

“नालायक छेर बादुर !

पदिय आसक्तिको हर्कतकर्ताका एक जब्बर उदाहरणीय खलपात्र हुन् छेर बादुर। पद पाउन, रहन अनि टिक्न के मात्रै गरेनन् यिनले ! जनताको दैनिक जनजिबिकाको कुनै चासो तथा सरोकार नराख्ने तर पदको लागि हदै सम्म गिर्ने तथा गिर्न पछि नपर्ने यि कुपात्रको शासित अझैं कतिञ्जेल हुनुपर्ने हो! नेपाली जनताले यस्ता कुपात्र वाट मुक्तिको लागि के यिनिहरुको मृत्यु नै कुर्नु पर्ने हो? ‘हे भगवान् नेपालिको कुपात्रको मुक्तिको लागि छिटो यिनिहरुलाई परलोकको यात्रामा पुर्याउ’ भनि यिनिहरुको मृत्युकै पुकार गर्नु पर्ने वाध्यता किन बनाउँछौ ?

Advertisement

जनतालाई यो वा त्यो नामको राजनीतिक व्यबस्था भनि रुमल्याई जनतालाई मुर्ख-भेडा बनाई तिम्रो शोषण र भयाबह जनजिविका कैले सम्म जिउनु पर्ने हो! हे कुपात्र तिमि कैले मर्छौ ! आज भन्दा 20 वर्ष पहिले नै तिमि असक्षम भनि तेसै फालिएका तेसै होईन रहेछौ । हे शारिरिक तथा मानसिक रुपले नै जिर्ण बादुर ! तिमि तिम्रै शरिर ठड्याउन नसकेर दुई जनाको टेको चाहिन्छ । र्याल चुहिएर रालो बाध्नु पर्ने तिमि वाट हामिले के आशा गर्नु । बेला बेला बर्बराएर सकि नसकि केहि सन्काहा पाराले अरुलाई थर्काइ त कसैलाई पैसा, पदमा बिकाउ बनाइ यो भुमरिमा कतिञ्जेल राखिछाड्छौ ? अरु देशका नेताको दिर्घायुको कामना जनताले गर्दै गर्दा तिमिहरुको छिटो मृत्युको लागि भगवान् संग प्रार्थना गर्नुपर्ने वाध्यतामा किन पार्छौ ?

हे छेर बादुर तिमिले 2062/63 को जन आन्दोलन पछिको तिमिले नै राजालाई जिम्मा लगाएको पुनःस्थापित शंसदको पहिलो वैठकमा तिमिले भनेको ‘सम्पुर्ण नेपाली जनतालाई हार्दिक श्रदाञ्जली’ भन्ने तिमिलाई हार्दिक श्रदाञ्जली भन्न चैं नेपालीले कैले पाउँछन ? बिबिसिको साझा सवालमा सागर ढकालको प्रश्न- “सिंगापुरमा लि क्वानोलाई ढुंगा दिंदा हिरा बनाए, तिमिलाई हिरा जस्तो नेपाल दिंदा ढुंगा बनायौ, प्रधानमन्त्रीको लागि प्रधानमन्त्री कति पटक बन्ने , अव अति भयो, तिमि कैले विस्थापित हुने?”को उत्तरहरु कैले पाउने ?

Advertisement

अस्थिर राजनीतिका जग तिमि नैहौ । देशमा जनहत्या र बिधंसको सुरुवात तिम्रै कार्यकालमा भको र अहिले उनै जनहत्या तथा बिधंसको नाईके संग नै सत्ता साझेदारी तथा ठगबन्धन भईरहँदा जनहत्या र बिधंसमा पनि मिलेमतो तथा ठगबन्धन तेतिबेला नि भएको होइन भनि कसरि विश्वास गर्ने ?तिम्रा केहि हर्कतहरुः

  1. देशमा जनहत्या र बिधंसको सुरुवात तिम्रै कार्यकालमा
  2. राजालाई शंसद बुझाउने
  3. सुरा सुन्दरि काण्ड
  4. पजेरो प्राडो काण्ड
  5. शंसद किनवेच काण्ड
  6. 56 सदस्यिय मन्त्रीपरिषद काण्ड
  7. शुशिला कार्कि महाअभियोग काण्ड
  8. प्रहरि प्रमुख काण्ड
  9. पार्टि फुटाउने अध्यादेश काण्ड
  10. श्रीमती मार्फत् युवा विदेश लखेट्ने आश्वासन काण्ड
  11. चोलेन्द्र महाअभियोग काण्ड
  12. जनहत्या र बिधंसको नाईके संग नै ठगबन्धन
  13. नागरिकता अध्यादेश काण्ड
  14. MCC काण्ड
  15. बहुमत पुर्याउन ज्यान मुध्दा अध्यादेश काण्ड

यि त मुख्य अभिलेखित काण्डहरु हुन् । तिम्रो बाँचुञ्जेल सत्ता आरोहणको लालचाले अझै कति काण्ड अभिलेखित गर्ने हुन् ! त्यसैले जनताको हित, राजनीतिक स्थिरिता र देश विकासको लागि तिम्रो छिटो मृत्युको कामना !”

  • मेरो प्रिय मित्रको यो लेख पढि सकेपछि भने मित्रले भने झैं नेताहरुलाई न त हाकाहाकी मृत्युको कामाना गर्न सकें नत मैले हाम्रो देशका नेताको दिर्घायुको कामना नै । निशब्द ……….

(मेरो प्रिय मित्रको अनुरोधमा नै नाम भने गोप्य नै राखें ।)

लेखकः कटु-दुर्लभ

प्रतिक्रिया