नुवाकोटमा बस दुर्घटना हुँदा १८ जना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० भैंसेमा दुई वटा बस ठोक्किँदा १८ जना घाइते भएका छन् भने ७ जना यात्रु सख्त घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै बस रसुवाको बेत्रावतीबाट आएका थिए । त्रिशूली–बेत्रावती सडक खण्डमा पर्ने विदुर नगरपालिका– १० तिरतिरेभीरमा निर्माण कार्य भइरहेकाले सडक बन्द गरिएको थियो ।
सडक बन्द भएका कारण त्रिशूली नदीपारिको वैकल्पिक सडकबाट जानको लागि बा ४ ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही दिशा बेत्रावतीबाटै आएको अर्को प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रुपक खड्काले जानकारी दिए ।
प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस सडकमै पल्टेको छ । दुवै बस पासाङल्हामु यातायात व्यवसायी समितिको रहेका छन् । सख्त घाइते भएका यात्रुहरु उपचारको लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया