नुवाकोटकी विमला सुवेदी सांसद बन्ने पक्का
विदुर खबर
२०७९ मंसिर २३ गते २१:०६
नुवाकोट । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पुर्व सभासद विमला सुवेदी प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।
नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फबाट सुवेदीलाई प्रतिनिधिसभामा पठाउन सिफारिस गरेसँगै उनी सांसद बन्ने निश्चित भएको हो ।
सुवेदीलाई माओवादीले खसआर्यको कोटाबाट सांसद बनाउन लागेको हो । नेकपा माओवादी नुवाकोटले समानुपातिकमा दुबै क्षेत्रबाट सुवेदीको नाम सर्वसहमत रुपमा सिफारिस गरेको थियो ।
यससँगै नुवाकोटबाट संघिय संसदमा माओवादीका २ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । यसअघि नुवाकोट क्षेत्र नम्बर १ बाट नेता हितवहादुर तामाङ विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रले सुवेदीलाई नुवाकोट क्षेत्र नम्बर २ को चुनावी कमान्डर समेत तोकेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया