चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने

विदुर खबर २०७९ मंसिर २१ गते १०:३०

नुवाकोट । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ३ गते बुकक्लोज गर्ने भएको छ।

गत आर्थिक वर्षमा पनि कम्पनीले सोही दरमा लाभांश वितरण गरेको थियो।

Advertisement

प्रतिक्रिया