प्रतिपक्षमा बस्ने जसपाको संकेत

विदुर खबर २०७९ मंसिर २० गते १८:४०

नुवाकोट । तराई मेधेशमा यो पटक खुम्चिएको जनता समाजबादी पार्टीले प्रतिपक्षमा बस्ने संकेत गरेको छ ।

Advertisement

निर्वाचनको मुखमा गठवन्धनबाट बाहिरिएर एमालेसंग तालमेल गरेको जसपाले जनमत अनुसार प्रतिपक्षमा बस्ने संकेत गरेको हो । यद्यपी निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गरेपनि मात्रै निर्णय गरिने जसपाका प्रवक्ता मनिश सुमनले बताउनुभयो । जसपालाई पुन गठवन्धनमा ल्याउने विषयमा सत्तारुढ दलहरुबीच छलफल समेत जारी छ ।

यसअघी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको तालमेल अव समाप्त भएको घोषणा गरेसंगै जसपा गठवन्धमा सामेल हुने अनुमान गरिएको छ । एमालेसँगको चुनावी सहकार्य सकिएको बताएको जसपाको आगामी राजनीतिक यात्राबारे चासो बढेको छ ।

Advertisement

प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ ४ लाख २० हजार ९ सय ५४ मत सहित राष्ट्रिय दल बनेको छ ।

पार्टी अध्यक्ष यादव भने सप्तरी २ मा जनमत पार्टीका सीके राउतसंग पराजित हुनुभएको थियो।

Advertisement

प्रतिक्रिया