दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

विदुर खबर २०७९ मंसिर १९ गते २१:३०

नुवाकोट । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे समेत रहेका मनाङबाट प्रदेशसभामा निर्विरोध निर्वाचित राजीब गुरुङ (दीपक मनाङे) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

Advertisement

उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङको प्रदेशसभा (२) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए ।

मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको प्रवेशपछि जारी विज्ञप्तिमा जनाएका छन् ।

Advertisement

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

Advertisement

प्रतिक्रिया