बहादुरसिंहको ‘इन्ट्री’ सँगै मुख्यमन्त्रीबाट इन्द्र बानीयाँ ‘रिङ आउट’

विदुर खबर २०७९ मंसिर १९ गते १९:२४

नुवाकोट । बागमती प्रदेशको सबैभन्दा ठुलो दल भएपछि नेपाली कांग्रेसमा मुख्यमन्त्रीको उम्मेदवार को हुने भन्ने चर्चा चुलिएको छ ।

Advertisement

प्रदेशसभामा उम्मेदवार दर्ता गर्ने दिनसम्म बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसको हातमा आएको अवस्थामा निर्बिकल्प इन्द्रबहादुर बानीयाँको नाम ‘फाईनल’ हुने चर्चा थियो । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा नेपाली कांगेस बागमती प्रदेशकोको संसदीय दलको नेता भएर पाँचवर्ष कार्यसम्पादन गरेका बानीयालाई कांग्रेस मकवानपुरले “भावी मुख्यमन्त्री”को रुपमा मकवानपुरमा प्रचार समेत गरेको थियो ।

मकवानपुर २‘२’बाट उम्मेदवार बनेका उनलाई चुनावीसभाहरुमा भावी मुख्यमन्त्रीको रुपमा संवोधननै गरेर बोलाइन्थ्यो । मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनले जित पनि हाँसिल गरे । तर उनकै गृह जिल्ला, तथा पुरानो क्षेत्र समेत पर्ने प्रतिनिधिसभा क्षेत्र नंबर १ मा कांग्रेस उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ पराजित भएसागैँ बानीयाँको मुख्यमन्त्री बन्ने बाटो रोकिएको हो कि भन्ने चर्चा चल्न थालेको छ ।

Advertisement

डिनासँगै उनि निकटका प्रदेशसभा उम्मेदवार आनन्दराम पराजुली पनि पराजित भएपछि पराजयको दोष इन्द्र बानीयाँ तर्फ तेर्सिएपछि बानीयाँको मुख्यमन्त्री बन्ने अभियानमा धक्का लाग्ने विश्लेषण गर्न थालिएको छ । नेपाली कांग्रेस मकवानपुरमा पहिलो पटक संसदीय राजनीतिमा जित दर्ता गरेका बानीयाँले ह्याट्रिक गर्दा अन्य कांग्रेस उम्मेदवारहरु मत राम्रो हुँदा पनि किन जित्न सक्दैनन् भन्ने प्रश्न यतिबेला केन्द्रीय समितिमा पनि उठेको कारण बानीयाँलाई मुख्यमन्त्रीको लागि असहज हुने संभावना बढेको कांग्रेस निकट श्रोतको दाबी छ ।

२०७४ सालमा अन्तिम समयमा आएर कमल थापाले टिकट खोसेपछि प्रदेशसभामा उम्मेदवार बनेका उनी सोहि समयमा मुख्यमन्त्री बन्न चाहान्थे । तर बाम गठवन्धनको बहुमत आएपछि रोकिएका उनले बाम गठवन्धन फुटेपछि निर्माण भएको सरकारको नेतृत्व लिन चाहे । तर बागमती प्रदेश नेकपा एकिकृत समाजवादीको भागमा परेपछि उनि मुख्यमन्त्री दौडबाट बाहिरिए ।

Advertisement

बारिरिदै गर्दा उनले पाण्डेसँग आधा–आधा समय मुख्यमन्त्री चलाउने लिखित सम्झौता गरेका थिए । तर पाण्डेले उक्त लिखित सम्झौतालाई रद्धिको टोकरीमा फालेर बानीयालाई पुनः निरास बनाएका थिए । यो पटक पनि बानीयाँको मुख्यमन्त्री बन्ने दौडमा धक्का लाग्ने संभावना प्रवल बढदै गएको कांग्रेस निकट श्रोतको दाबी छ ।

सह–महामन्त्री डिना र बानीयाँ दुबैजना पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । तर पछिल्लो समय देउवाले बानीयाँ भन्दा उपाध्ययलाई महत्व दिने गरेको कांग्रेस श्रोतको दाबी छ । स्थानीय तहको निर्वाचनमा देउवाको भनाईलाई वे–वास्ता गर्दै प्रदेशभरी बानीयाँले एकलौटी टिकट बाँढेको कारण देउवा बानीयाँसग रिसाएका छन, झन गठवन्धनको १० हजार बढि मत भएको क्षेत्रमा समेत सह–महामन्त्री पराजित भएपछि देउवा थप रुष्ट बनेको कारण बानीयाँलाई यो पटक निकै असहज परिस्थिती सृजना भएको छ –कांग्रेसका एकजना केन्द्रीय सदस्यले भने ।

यो पटक प्रदेशसभामा बानीयाँ भन्दा सिनियर नेता पनि विजयी भएका छन् । नुवाकोटबाट मुख्यमन्त्रीकै लागि बाहादुरसिंह लामा विजयी भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामा पनि देउवा निकट नेता हुन् । बागमती प्रदेश तामाङ बाहुल्य प्रदेश रहेको र यहाँबाट हालसम्म भएका तीनजना मुख्यमन्त्रीहरु तामाङ समुदाय भन्दा बाहिरबाट रहेको कारण पनि यो पटक बानीयाँको मुख्यमन्त्री बन्ने चाहनामा लामा तगारो बन्नसक्ने विश्लेषण कांग्रेस तहबाटै गरिएको छ ।

लामा देउवाका विश्वासीलो पात्रको रुपमा रहेको र बानीयाँ भन्दा राजनीतिमा पनि सिनियर नेता भएको कारण उनले यो पटक सरकारको नेतृत्व गर्न पाउने संभावना प्रवल रहेको बुझीएको छ ।

प्रतिक्रिया