नुवाकोटमा एक लाखले भोट हालेनन्
नुवाकोट । नुवाकोटका एक लाख भन्दा बढी मतदाता यसपटकको चुनवामा मतदान गर्न सहभागी नै भएनन् ।
यो भनेको करिब ५० प्रतिशत हो । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार २ लाख ३९ हजार ७२६ मतदातामा ५४.३ प्रतिशतले मतदान गरे । ५८ हजार ४३ महिला, ७१ हजार ५९७ पुरुष र तेस्रो लिंगी १ जना गरी कुल १ लाख २९ हजार ६५१ मतदाताले मतदान गरे ।
कुल मतदाताअनुसार नुवाकोट जिल्लाको १२ वटै स्थानीय तह मध्ये म्यागङ गाउँपालिकामा सबैभन्दा बढी र शिवपुरी गाउँपालिकामा सबैभन्दा कम मतदान गरे । म्यागङमा ५८.७५ प्रतिशतले मात्र मतदान गरे । १२ हजार ७४९ मतदाता रहेकोमा महिला ३ हजार ७३८ र पुरुष ३ हजार ५१८ गरी कुल ७ हजार २५६ जनाले मतदान गरे ।
शिवपुरी गाउँपालिकामा ४८.७३ प्रतिशतले मात्र मतदान गरेका छन् । २० हजार ६२७ मतदाता रहेकोमा महिला ४ हजार २२०, पुरुष ५ हजार ८३२ र १ तेस्रोलिंगी गरी कुल १० हजार ५३ जनाले मतदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयमा रहेको अस्थायी केन्द्र मार्फत् १३.१४ प्रतिशतले मात्र समानुपातिक मत जाहेर गरेका छन् । कुल ९८९ मतदाता रहेकोमा महिला ९ र पुरुष १२१ गरी कुल १३० जनाले मात्र मतदान गरे ।
मतदानको लागि २ संघ र ४ प्रदेश सभाका लागि नुवाकोटमा २ सय ८८ मतदान केन्द्र र १३२ मतदानस्थल थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया