सरकारको नेतृत्वमा माओवादीको दाबी स्वाभाविक : महासचिव गुरुङ
नुवाकोट । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने बताएका छन् ।
शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बैठकबारे जानकारी दिँदै महासचिव गुरुङले संविधान निर्माणदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई लिएर हेर्दा सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुने बताए ।
‘संविधान निर्माणदेखि अहिलेसम्मको कुरा हेर्दा सरकारको नेतृत्वमा हाम्रो दाबी स्वाभाविक हुन्छ, त्यो दाबी रहन्छ नै,’ उनले भने, ‘तर अहिले एक्लै सरकार बन्ने अवस्था छैन, त्रिशंकु संसद् छ । यस्तोमा दलहरूको सहमति कहाँनेर हुन्छ, त्यसमा भर पर्छ, अहिले हामी गठबन्धनमा त्यही विषयमा छलफलमा जुट्दैछौं ।’
उनले अहिले पार्टीभित्र सरकार गठनको विषय छलफलमा प्रवेश नै नभएको दाबी गरे । ‘यो विषय उठेको छ । तर, उल्लेखनीयरुपमा विषय प्रवेश भएको छैन । हामी अहिले गठबन्धनमा छौं । अहिले गठबन्धनका घटकहरूकै बीचमा छलफल गर्ने अवस्थामा छौं,’ उनले भने, ‘गठबन्धनमा निर्वाचनमा भएका कमीकमजोरी र सबल पक्षहरूकोबारे छलफल गर्ने र कसरी अघि बढ्ने भनेर छलफल गर्ने भन्ने तयारी छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया