अब प्रधानमन्त्री बन्ने तयारीमा लाग्छु : गगन थापा
नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आफू संसदीय दलको निर्वाचनको तयारीमा रहेको बताएका हुन्।
उनले भने, ‘शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारीमा जुट्छु।’
त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताए । कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए।
त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु
आजको मौसम : भारी वर्षा र हिमपातको सम्भावना
देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ





प्रतिक्रिया