३६ वटा जलविद्युत् आयोजनाको लाइसेन्स खारेज हुने खतरा बढ्यो


काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा भएका ३६ वटा जलविद्युत् आयोजनाको विवरण पेस गर्न पत्र काटिएको छ । विद्युत विकास विभागले २०७३ साउन ३० गतेअघि उत्पादन अनुमतिपत्र पाएका तर भौतिक प्रगति २० प्रतिशतभन्दा कम भएका उक्त आयोजनाहरूको विवरण पेस गर्न पत्र काटेको हो ।
विद्युत् नियमावली २०५० को नियम २१ अनुसार कुनै पनि जलविद्युत् आयोजनाले अनुमतिपत्र जारी भएको १ वर्षभित्र तोकिए बमोजिमको भौतिक रुपमा निर्माण कार्य शुरु गर्नुपर्छ ।
निर्माण सम्पन्न नभएसम्म प्रत्येक ६ महिनामा कार्य प्रगति विवरण विद्युत् विकास विभागलाई बुझाउनु पर्ने उल्लेख गरिएको छ । तर, यहाँ आयोजना उत्पादनको अनुमति लिने र वर्षौसम्म पनि प्रगति विवरण नबुझाउने परिपाठी बस्दै आएको छ । यस्तो अभ्यासलाई सच्याएर छिटो छरितो काम सम्पन्न गर्न मन्त्री पुनले विवरण माग गरेका हुन् ।
दुई वर्षभित्र वित्तीय व्यवस्था नभएमा अनुमतिपत्र रद्द गर्न सकिने कानुनी व्यवस्था छ । उक्त अवधिभित्र वित्तीय व्यवस्था सम्पन्न हुन नसकेमा आवश्यकता एवम् औचित्यका आधारमा बढीमा एक वर्षमात्र म्याद थप गर्न सकिनेछ । कानुनी प्रावधानअनुसार उक्त अवधिमा वित्तिय व्यवस्था सम्पन्न हुन नसकेमा अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
कतिपय आयोजनाले लाइसेन्स लिने र खोलामा झोला बोकेर बार्गेनिङ गर्दै हिड्ने प्रवृत्तिको कारणले पनि सरकारले आयोजनाको प्रगति अद्यावधि गर्न यो कदम चालेको हो । सरकारले लाइसेन्स रद्द समेत गर्न सक्ने अवस्था भएकाले सरकारलाई विवरण बुझाउन बाध्य हुन्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया