नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) मा रमेश महत विजयी
नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ख मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महत विजयी भएका छन् ।
उनले एमालेका पुर्णलाल श्रेष्ठलाई एक हजार ८९६ ले हराए । यस अघि नुवाकोट क्षेत्र नं. २ को १ मा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना प्रदेश सभामा एमालेलाई हराउदै विजयी भइसकेका छन् ।
महत नेपाली काँग्रेस नुवाकोटका सभापति समेत हुन् । महतले १३ हजार ७२७ मत ल्याएका छन् भने उनका निकटम एमालेका श्रेष्ठले ११ हजार ८३१ मत पाए । यस क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट बद्री मैनालीले जितेका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।
नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश २ मा ककनी, लिखु, सुर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाको १, २ र ५ नम्वर वडा छन् ।
एमाले नुवाकोटका अध्यक्ष समेत रहेका मैनाली अहिले क्षेत्र नं. १ बाटै प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट प्रतिस्पर्धा गरिरहेका छन् । उनी माओवादी केन्द्रका हितबहादुर तामाङ भन्दा अहिले ४०४ मतले पछि परेका छन् ।
मत गणनादेखि अगाडी रहेको एमालेका मैनालीलाई शिवपुरी गाउँपालिकाको वडा नंं १ र २ सम्म आइपुग्दा माओवादी केन्द्रका तामाङले पछि पारेका हुन् । नुवाकोट क्षेत्र नं. १ को सुर्यगढी, लिखु, पञ्चकन्या र ककनी गाउँपालिकाको मत गणना भईसकेको छ ।
अब शिवपुरीको वडा नंं. ३ देखिका बाँकी वडा, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको मत गणना हुन बाँकी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया