नुवाकोटमा सबैभन्दा बढी कर तिरेका व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मानित
नुवाकोट । नुवाकोट र धादिङबाट आर्थिक वर्ष २०७७–७८ सबैभन्दा बढी कर तिरेको भन्दै नुवाकोटका युवा व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मनित भएका छन् ।
कर सेवा कार्यालय गल्छीले ११ औ राष्ट्रिय कर दिवसको उपलक्ष्यमा नुवाकोट र धादिङ जिल्लाबाट बढी आयकर दाखिला गरेको भन्दै श्रेष्ठलाई उत्कृष्ट करदाता घोषित गर्दे सम्मान गरेको हो ।
नुवाकोट उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७७–७८ नुवाकोट र धादिङ जिल्लाबाट सबैभन्दा बढी कर तिरेका थिए ।
विदुर नगरपालिका वडा नम्बर ४ मा हार्डवेयर व्यवसाय संचालन गर्दै आएका श्रेष्ठले सम्मानले अझै बढी कर तिर्न प्रोत्साहन गरेको बताए । उनले निजि क्षेत्रलाई सरकारले प्रोत्साहन गरे अझै बढी व्यवसायीहरु करको दायरामा आउने बताए ।
श्रेष्ठले कर बाध्यताले नभएर रहरले तिर्ने वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेका छन् । उनले सरकारले कर बढाउनभन्दा करको दायरा विस्तारको वातावरण बनाउनसमेत माग गरेका छन् ।
‘हामी उद्योग व्यवसायी बाध्यताले होइन रहरले कर तिर्न चाहान्छौं,’ उनले भने, ‘त्यसका लागि सरकारले कर होइन्, करको दायरा बढाइदिनुपर्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया