नुवाकोटमा सबैभन्दा बढी कर तिरेका व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मानित
नुवाकोट । नुवाकोट र धादिङबाट आर्थिक वर्ष २०७७–७८ सबैभन्दा बढी कर तिरेको भन्दै नुवाकोटका युवा व्यवसायी राजेन्द्र श्रेष्ठ सम्मनित भएका छन् ।
कर सेवा कार्यालय गल्छीले ११ औ राष्ट्रिय कर दिवसको उपलक्ष्यमा नुवाकोट र धादिङ जिल्लाबाट बढी आयकर दाखिला गरेको भन्दै श्रेष्ठलाई उत्कृष्ट करदाता घोषित गर्दे सम्मान गरेको हो ।
नुवाकोट उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७७–७८ नुवाकोट र धादिङ जिल्लाबाट सबैभन्दा बढी कर तिरेका थिए ।
विदुर नगरपालिका वडा नम्बर ४ मा हार्डवेयर व्यवसाय संचालन गर्दै आएका श्रेष्ठले सम्मानले अझै बढी कर तिर्न प्रोत्साहन गरेको बताए । उनले निजि क्षेत्रलाई सरकारले प्रोत्साहन गरे अझै बढी व्यवसायीहरु करको दायरामा आउने बताए ।
श्रेष्ठले कर बाध्यताले नभएर रहरले तिर्ने वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेका छन् । उनले सरकारले कर बढाउनभन्दा करको दायरा विस्तारको वातावरण बनाउनसमेत माग गरेका छन् ।
‘हामी उद्योग व्यवसायी बाध्यताले होइन रहरले कर तिर्न चाहान्छौं,’ उनले भने, ‘त्यसका लागि सरकारले कर होइन्, करको दायरा बढाइदिनुपर्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया