नुवाकोटमा मतदानको सबै तयारी पुरा
नुवाकोट । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
देशभरि एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुनेछ । आयोगले आइतबार बिहान ७ बजेदेखि सुरू हुने निर्वाचनमा सहभागी हुन र निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ। बिहान ७ बजे सुरू भएपछि बेलुका ५ बजेसम्म मतदान गर्न पाइनेछ ।
निर्वाचनका लागि देशभरि र मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नुवाकोटमा पनि मतदानको तयारी अन्तिम चरणमा पुगेको छ। तीन दिनअघि नै मतदान केन्द्रमा पुगेका सुरक्षाकर्मी तथा आयोगबाट खटिएका कर्मचारीहरूले त्यसको तयारी गरिरहेका छन् ।
२ संघ तथा ४ वटा प्रदेश रहेको नुवाकोटमा मंसिर ४ गते हुने निर्वाचनमा कुल २ लाख ३९ हजार ७ सय २६ जना मतदाता रहेका छन् ।
जिल्लामा मतदाता स्थल १३२ कायम गरिएको छ भने मतदान केन्द्र २९० तोकिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया