म विरुद्ध भ्रामक कुरा फिजाइयो: प्रधुम्न महत

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् ।
आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन । सामाजिक संजाल फेसबुकमा महतले नेकपा एमालेका उम्मेदवारलाई सघाउनेबारे सार्वजनिक पत्र फेक भएको महतले फेसबुक लाइभ मार्फत उल्लेख गरेका छन् ।
नेता महतद्वारा सामाजिक संजाल फेसबुकमा उल्लेख स्टाटस जस्ताको तस्तै-
मेरो बारेमा भ्रमात्मक कुरा सम्प्रेषण गर्दै binda dhungana ko facebook ID बाट मेरो चरित्र हत्या गर्ने उद्देश्यले झुटो र मैले नगरेको विज्ञप्ति मेरो signature भनेर पोष्ट गरेको कुरामा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । साथै सम्पूर्ण मतदाता हरुमा यस्किसिमको भ्रम मा नपर्न अनुरोध गर्दछु ।
देश र जनताको हितमा केही गर्छु भन्दै राजनीतिमा आउँदै गर्दा मेरो विचार उदेस्य र माहोल देखि आत्तिएर यसकिसिमको निकृष्ठा कामको घोर भर्सन गर्दछु ।
मेरो कहीं कतै कोही सँग यस किसिमको गतिविधि नभएको जानकारी गराउँदै मतदाता हरु मा उच्च मनोबल का साथ घण्टी मा मतदान गर्नु हुन। अनुरोध गर्दछु र कुनै पनि हालतमा विचलित नहुन सबै आग्रह गर्दै भ्रम को पछी नलाग्न अनुरोध गर्दछु।
साथै कानुनी उपचारको लागि निर्वाचन आयोग समक्ष उजुरी गरेको जानकारी पनि गर्दछु ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया