कांग्रेसको सक्रिय सदस्यता देखाउन आचार्यको चुनौती

विदुर खबर २०७९ मंसिर ३ गते १०:२५

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ घर भएका वरिष्ट पत्रकार दिनेश आचार्यले आफु नेपाली कांग्रेसको सक्रिय सदस्य नै नरहेको भन्दै नेपाली कांग्रेस नुवाकोटले आफुलाई कारवाही गर्नुको कुनै तुक नभएको बताएका छन् ।

Advertisement

शुक्रवार नेपाली कांग्रेस नुवाकोटको अनुशासन समितिले सामाजिक संजाल फेसबुकमा आफ्ना उम्मेद्धवार अर्जुननरसिंह केसीविरुद्ध आचार्यले लेख लेखेको भन्दै आचार्यलाई कारवाहीको पत्र लेखेको थियो ।

तर आचार्यले आफुले कहिलेपनि नेपाली कांग्रेसको सक्रिय सदस्यता नलिएको भन्दै सदस्यता लिएको भए देखाउन अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठलाई चुनौती दिएका छन् ।

Advertisement

यस्तो छ आचार्यले दिएको प्रतिक्रिया

जो मान्छेले जिन्दगीमा अर्जुनलाई भोट हालेको छैन । २०५६ मा अर्जुनलाई भोट दिएन भनेर केसीले नै खुकुरी हान्न लगाएको थियो । हामी त्यसबेला परम मित्र हौं र हामीले नै उपचार गरायौं । उनले अहिले नि केसीलाई भोट दिदैनन।

Advertisement

अहिले तिनै मान्छेले अनुशासन समितिको नाममा कारवाहीको पत्र लेखेर सहि धस्काउन कति हतार? अझ सबै मिडियामा आफै फोन गरेर यो न्युज हाल्दिनु भनेर फोन÷धम्कि दिन लाज नि रैनछ ।?

म जिन्दगीमा सदस्य समेत नबनेको मान्छेलाई कारवाही गरेको भनेर पत्र निकाल्दा लाज शरम हुँदैन ? तिम्रा पार्टी नर्कमा जाओस । मलाई चाहिन्न । चाहिने भए तिमी भन्दा अगाडि क्रीयाशील र जिल्ला सचीव मै बनिसकेको हुन्थे । मेरो आफ्नै पिता २ चोटि जिल्ला सभापति बनिसकेका हुन । मैले अधिकान्श चुनावमा काङ्ग्रेसलाई भोट दिएँ तर सदस्य बनेको थिएन र छैन ।

अहिलेसम्म कृयाशील त के साधारण सदस्य समेत नबनेको मान्छेलाई कारवाही गर्ने कस्तो पार्टी हो? कि कारवाही आत्मतुस्टीमा रमाउन आफै पद बाड्दै हिडेको हो?

यसबाट नै प्रस्ट हुन्छ । काङ्ग्रेस उम्मेद्बार पक्का हारिसकियो भन्ने मनस्थितिमा छन ।

प्रतिक्रिया