नुवाकोटलाई दोस्रो पटक उपाधि

विदुर खबर २०७९ मंसिर १ गते ७:४३

नुवाकोट । नुवाकोटले दोस्रो पटक वाइवाइ यू–१९ वाग्मती प्रदेश छनोट प्रतियोगिता जितेको छ ।

Advertisement

योगेश भाटले शतक बनाएपछि काठमाडौंविरुद्ध बुधबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा नुवाकोट ३ विकेटले विजयी भयो ।

नुवाकोटले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको काठमाडौं ३९.३ ओभरमा १ सय ८७ रन बनाई अलआउट भयो । लक्की कडायत ८५ बलमा ५ चौका प्रहार गर्दै ५३ रन बनाए ।

Advertisement

नवीन तामाङले ४० बलमा २५, सार्थक धितालले २९ बलमा २४ रन, निश्चल श्रेष्ठले ४० बलमा २२ रन बनाए । काठमाडौंका अश्विन न्यौपानेले ७.३ ओभरमा २८ रन खर्चेर ४ र अशोक पौडेलले ८ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए ।

योगेश भाटले अविजित १ सय रन ७ रन बनाएपछि नुवाकोटले ३०.५ ओभरमै १ सय ८९ रन बनायो । उनले ६७ बल खेल्दै १५ चौका र ३ छक्का प्रहार गरे । योगेशले प्रतियोगितामा मकवानपुरविरुद्ध ९९ र ललितपुरविरुद्ध अविजित १ सय ६ रन बनाए ।

Advertisement

नुवाकोटबाट अन्य खेलाडीमा अशोक पौडेलले १६ र अभिषेक कोइरालाले ११ रन बनाए । काठमाडौंका नवीन तामाङले २, ओमकार शाह, निश्चल र दीपेश शाहले १–१ विकेट लिए ।

योगेशले प्लेयर अफ द फाइनल, उत्कृष्ट ब्याटर र उत्कृष्ट खेलाडीको पुरस्कार पाए । भक्तपुरका सक्रिय कार्की उत्कृष्ट बलर बने ।

प्रतिक्रिया