सान्जेन जलविद्युतकाे आईपीओ बाँडफाँट

विदुर खबर २०७९ कार्तिक २९ गते २१:०४

नुवाकोट । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको खुला गरिएकाे आईपीओ बाँडफाँट भएकाे छ।

Advertisement

सान्जेन जलविद्युत कम्पनीको प्रति शेयर १०० रूपैयाँ अङ्कित दरको ३६ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित रसुवाका बासिन्दाहरुको निम्ति २०७९ भदाै ५ देखि  असाेज ३० गतेसम्म सर्वसाधारणहरुकोलागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियाे । जसमध्ये २८ हजार ६०८ जना आवेदकहरुबाट जम्मा ५६ कराेड ७९ लाख ८७० कित्ताको लागि आवेदन परेको हाे । नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व र सन्राइज क्यापिटल / एनएमबि क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा साे कम्पनीकाे शेयर निष्काशन गरिएकाे थियाे । साे शेयर मंगलबार बाँडफाँट भएकाे हाे।

  • कसले कति पाए शेयर?

क) अति प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स) वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँट गरियो ।

Advertisement

ख) प्रभावित आमाछोदीङ्गमो गाउँपालिका वडा नं.४ गोल्जुङ्ग (साविक गोल्जुङ्ग गा.वि.स) वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्तासम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्तासम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँट गरियो ।

ग) सामान्य प्रभावित आमाछोदीङ्गमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविक गल्ताङ्ग गा.वि.स र हाकु गा.वि.स) वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्तादेखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरुलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँट गरियो ।

Advertisement

घ) न्युन प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्तादेखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरुलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँट गरियो ।

कम्पनीकाे  अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावितलाई वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँटमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १/१ का दरले १३१ कित्ता शेयर बाँडफाँट गरिएकाे थियाे । कुल ३६ लाख ५० हजार कित्ता शेयर २०७९ कात्तिक २९ गते सान्जेन जलविद्युत कम्पनीका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई क्रमश ४.२५ : ३ : १.५ : १ को अनुपातमा बाँडफाँट गरिएकाे हाे।

 

प्रतिक्रिया