अर्जुननरसिंह केसी देशभरका युवाका प्रेरणाका स्रोत : डा. वाग्ले

विदुर खबर २०७९ कार्तिक २८ गते २२:००

नुवाकोट । चर्चित अर्थवीद् एवं राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले काँग्रेस नेता अर्जुननरसिंह केसी देशभरका युवाहरुको प्रेरणाको स्रोत भएको वताउँदै केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउने धारणा ब्यक्त गरेका छन् ।

Advertisement

ब्यक्ति उमेरले युवा हुने नभई उसमा रहेको सोच तथा देश र जनताको समृद्धिका प्रतिको सोचले नै उसको ब्यक्तित्व मापन हुने भएकाले युवाको नाममा दिईने नाराको अर्थ नरहेको डा. वाग्लेको भनाई थियो ।

सोमबार लोकतान्त्रिक बाम गठबन्धनको नुवाकोट निर्वाचन २ समितिले बेलकोटगढी नगरपालिकाको महादेबफाँटमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दे डा. वाग्लेले नुवाकोटमा आर्थिक बिकासका प्रशस्च संभावनाहरु देखिएको बताउँदै त्यसलाई सार्थक रुप दिन पनि गठबन्धनका उमेदवारहरुको जित अत्यावश्यक रहेको बताए ।

Advertisement

नुवाकोट नेपालकै जीवनरेखाको रुपमा परिवर्तन हुन सक्ने र त्यसका लागि मुलुककै नेतृत्व गर्ने हैसियत भएका केसी, पूर्वाधार निर्माणमा दख्खल भएका बहादुरसिंह लामा र सादगी र संघर्षशील जीवनका पर्याय रामप्रसाद ढुँगानाको जितका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत डाक्टर वाग्लेले आव्हान गरे ।

कार्यक्रममा नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार काँग्रेस नेता अर्जुननरसिंह केसीले जनादेशको अपमान गर्नेहरुका पक्षमा नुवाकोटे जनता कदापी नरहनेमा आफू बिश्वस्त रहेको बताउँदै गठबन्धनको कार्यक्रमहरुका देखिएको जनलहरले नुवाकोट जिल्ला लोकतान्त्रिक बाम गठबन्धनको किल्ला बनिसकेको समेत उल्लेख गरे ।

Advertisement

नुवाकोटका बिकास प्रयासहरुलाई मूर्तरुप दिन गठबन्धन हरदम प्रयत्नशील रहने बताउँदै जिल्लाका संभावनाहरुको पहिचान गरी त्यसलाई सार्थकतामा परिणत गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत रहने समेत केसीले स्पष्ट पारे ।

कार्यक्रममा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य बिमला सुबेदी, काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘ख’ का उम्मेदवार बहादुरसिंह लामा, माओवादी नेता एवं प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुँगाना, काँग्रेस नेता एवं संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोबिन्द नेपाली, काँग्रेस महासमिति सदस्य गीता अमात्य, महाधिबेशन प्रतिनिधि दीपक लामा, प्रदेश सभापति बैकुण्ठ पाण्डे र माओवादी नेता नविन पुडासैनीले गठबन्धनको औचित्य स्थापित भईसकेको बताउँदै नुवाकोटमा गठबन्धनको जित समेत सुनिश्चित भईसकेको बताए ।

प्रतिक्रिया