नुवाकोटमा बदला लिने कांग्रेसको दाउ, जित जोगाउने एमालेको प्रयास
नुवाकोट । नुवाकोटमा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । यी क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका थिए । सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भए ।
तर यसपटक चुनावी समीकरण फेरिएको छ । पहिले नेकपा एमालेसँग मिलेको नेकपा माओवादी केन्द्र यसपटक नेपाली कांग्रेससँग मिलेको छ । कांग्रेस, माओवादी र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनले जिल्लामा साझा उम्मेदवार तय गरेका छन् ।
जस अनुसार नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङ र नुवाकोट–२ मा कांग्रेसका अर्जुन नरसिंह केसी उम्मेदवार छन् । त्यस्तै नुवाकोट–१ बाट एमालेका बद्री मैनाली र नुवाकोट-२ बाट नारायणप्रसाद खतिवडा उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा नुवाकोट–१ बाट माओवादीका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याएर पराजित भएका थिए ।
तामाङ यसपटक जित दोहोर्याउने योजनामा छन्, त्यसका लागि विगतमा आफ्नो विपक्षमा मत दिएका कांग्रेसका मतदाताको सहयोग पाउनुपर्नेछ । विगतमा उनले एमालेको मत पाए पनि यसपटक एमालेको आफ्नै उम्मेदवार छन् । गत स्थानीय तह निर्वाचनमा दलहरुले वडामा पाएको मतको आधारमा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ ।
वडा तहमा दलहरुले पाएको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसले २८ हजार ९६२, नेकपा माओवादी केन्द्रले २३ हजार २००, नेकपा एमालेले १८ हजार २६७, राप्रपाले ४ हजार ७८, नेकपा एकीकृत समाजवादीले २ हजार २४५, स्वतन्त्रले ४४५, मंगोल नेशनल अर्गनाइजेसनले २१८ मत पाएको छ ।
खतिवडा र केसी पुरानै प्रतिस्पर्धी
०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नारायणप्रसाद खतिवडाले ३६ हजार ८९२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अर्जुननरसिंह केसी २६ हजार ३३५ मत ल्याएर पराजित भएका थिए । यसपटक अघिल्लो पटककै उम्मेदवार पुनः प्रतिस्पर्धामा छन् । तर पहिले खतिवडालाई साथ दिएको माओवादीले यसपटक कांग्रेसलाई साथ दिएको छ ।
एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पनि कांग्रेसलाई सहयोग गरेको छ । खतिवडालाई विगतका सहयात्रीविनै जित जोगाउने चुनौती छ भने केसी माओवादी र एकीकृत समाजवादीको साथ पाएर हारको बदला लिने योजनामा छन् ।
गत स्थानीय निर्वाचनमा वडा तहमा दलहरुले पाएको मतका आधारमा पनि केसीलाई सहज देखिन्छ । यस क्षेत्रमा वडा तहमा पाएको मतका आधारमा कांग्रेस अघि छ । जहाँ कांग्रेसले २९ हजार ८६१, नेकपा एमालेले २६ हजार ३६६, माओवादी केन्द्रले १६ हजार ६७ मत पाएको छ । त्यस्तै राप्रपाले २ हजार २११ र एकीकृत समाजवादीले जम्मा ९६१ मत पाएको छ ।
एमाले उम्मेदवार खतिवडा पार्टी भित्रको विवादमा केही समय माधव नेपाल पक्षमा खुलेका थिए । अन्तिममा उनी एमालेमै रहे । यसकारण एमालेभित्रकै केपी ओली पक्षको खेमाका कतिपय नेता/कार्यकर्ताको साथ पाउन समस्या हुने एमालेका कतिपय कार्यकर्ता बताउँछन् ।
तर, आफूले सांसद भएर गरेको कामका आधारमा व्यक्तिगत भोट समेत बढेको खतिवडाको दाबी छ । चुनाव प्रचार प्रसारमा रहेका खतिवडा निराश हुनुपर्ने अवस्था नरहेको बताउँछन् । उनी अनलाइनखबरसँग भन्छन्, ‘गठबन्धन छ भन्ने तनाव छैन । एकदमै उत्साही छु । जनताको माया पाएको छु । दोहोरिन्छु भन्नेमा ढुक्क छु ।’
अनलाईन खबरबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया