नुवाकोट युनाइटेड सि डिभिजन छनोटको सेमिफाइनल प्रवेश
विदुर खबर
२०७९ कार्तिक २३ गते १५:२९
नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब सि डिभिजन छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वाटफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै नुवाकोटे क्लब नुवाकोट युनाइटेड फुटवल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
नुवाकोट युनाइटेडलाई जित दिलाउन सानुकान्छा घलान, अजय वाईवा र सन्तोष थापाले समान एक÷एक गोल गरे ।
पहिलो हाफमा दुबै टोली एक÷एक गोलको बराबरी खेलेपनि दोस्रो हाफमा नुवाकोट युनाइटेडले उत्कष्ट खेल पस्कदै थप दुई गोल गरेर चित्लाङलाई प्रतियोगिताबाट वाहिर पठायो ।
सेमिफाइनल प्रवेश गरेको नुवाकोट युनाइटेडले फाइनल प्रवेशको लागि कार्तिक २७ गते आईतवार दुधौलि स्पोट्र्स क्लब र बाग्मति युथ क्लबविचको बिजेतासँग प्रतिष्पर्धा गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया