डोटी भुकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

विदुर खबर २०७९ कार्तिक २३ गते ८:१२
सांकेतिक तश्वीर ।

नुवाकोट । डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ । पूर्वीचौकी गाउँपालिका- ३ को गैरा गाउँमा उक्त घटना भएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताए ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५।७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् ।

Advertisement

प्रतिक्रिया