नुवाकोटमा प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो
नुवाकोट । आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि नुवाकोटमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ ।
निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा शनिवार आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
उनले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा पाँच लाख ३० हजार थान मतपत्र आएको बताए । । यसअघि समानुपातिक तर्फको पाँच लाख ३८ हजार थान मतपत्र जिल्लामा आइसकेको छ । ती मतपत्रमध्ये निर्वाचन क्षेत्र अनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीको लागी एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ ।
यस्तै प्रदेशसभा क मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा ख मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र सुरक्षा घेरामा भण्डारण गरिएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फको प्रत्यक्षको लागी एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिए ।
खड्काका अनुसार निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा ख मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६६÷६६ हजार थान मतपत्र प्राप्त भएको छ ।
शनिबार आइपुगेको मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यही कात्तिक १ गते जिल्लामा आएकाले रुजु गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया