नुवाकोटमा अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना ६ को मृत्यु,एक गम्भीर घाइते

विदुर खबर २०७५ भदौ २३ गते १२:१२

नुवाकोट भदौ २३, गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिकाको बर्सुन्चेत भन्ने ठाउँमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement


नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा एक महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरिक्षक वसन्तवहादुर कँवरले बताए । घटनास्थल निकै दुर्गम भएकोले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको थियो पछि लगत्तै हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौ लगिएको छ । नुवाकोटको सदरमुकामबाट बर्सुन्चेत निर्क टाढा र भौगोलिक हिसावले समेत विकट भएकोले घटना भएको लामो समयपछि मात्र प्रहरी पुग्न सफल भएको हो ।

शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङ गाउँपालिकाको बर्शुन्चेत को मुईलाम ब्रामा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा रहेको बताईको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ का ल्होआनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भने हुने सकेको छैन ।

Advertisement

घटनाको विषयमा अझै एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको नेतृत्वमा गएको टोली घटनास्थल पुगिसकेक पनि मौसम र भू–वनौटका कारण खोजी र उद्धारमा समस्या भईरहेको नुवाकोटका प्रहरी उपरिक्षक कुवरले बताए । उनका अनुसार ९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

काठमाडौँबाट उद्धारका लागि पुगेको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ नै फर्किएको थियो । हेलिकप्टर ल्याण्ड गर्न नसकेकै कारण गम्भीर घाइतेलाई उपचारको लागि काठमाण्डौ लैजान समेत केही समय कठिनाई भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।

Advertisement

प्रतिक्रिया