नुवाकोटमा अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना ६ को मृत्यु,एक गम्भीर घाइते
नुवाकोट भदौ २३, गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाउँपालिकाको बर्सुन्चेत भन्ने ठाउँमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा एक महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी उपरिक्षक वसन्तवहादुर कँवरले बताए । घटनास्थल निकै दुर्गम भएकोले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको थियो पछि लगत्तै हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौ लगिएको छ । नुवाकोटको सदरमुकामबाट बर्सुन्चेत निर्क टाढा र भौगोलिक हिसावले समेत विकट भएकोले घटना भएको लामो समयपछि मात्र प्रहरी पुग्न सफल भएको हो ।
शनिबार बिहान नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङ गाउँपालिकाको बर्शुन्चेत को मुईलाम ब्रामा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर टुक्राटुक्रा अवस्थामा रहेको बताईको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ का ल्होआनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भने हुने सकेको छैन ।
घटनाको विषयमा अझै एकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको नेतृत्वमा गएको टोली घटनास्थल पुगिसकेक पनि मौसम र भू–वनौटका कारण खोजी र उद्धारमा समस्या भईरहेको नुवाकोटका प्रहरी उपरिक्षक कुवरले बताए । उनका अनुसार ९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।
काठमाडौँबाट उद्धारका लागि पुगेको नेपाली सेनाको एक र निजी वायु सेवा प्रदायक कम्पनीको चार हेलिकोप्टर दुर्घटनास्थलमा घना जंगल र प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्दा काठमाडौँ नै फर्किएको थियो । हेलिकप्टर ल्याण्ड गर्न नसकेकै कारण गम्भीर घाइतेलाई उपचारको लागि काठमाण्डौ लैजान समेत केही समय कठिनाई भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया