नुवाकोटमा नमुना मतदान सुरु
 
		
	 नुवाकोट । निर्वाचन आयोगले नुवाकोटमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमुना मतदान सुरु गरेको छ ।
नुवाकोट । निर्वाचन आयोगले नुवाकोटमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमुना मतदान सुरु गरेको छ ।
नुवाकोटमा बुधबारदेखि जिल्ला निर्वाचन कार्यालयमार्फत् नमुना मतदान थालिएको हो । नमुना मतदान अन्तर्गत म्यागङ गाउँपालिका ५ सामरीस्थित ग्रामसेवा माविमा बिहीबार नमुना मतदान गरिएको हो। यसपटक प्रत्येक मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ ।
पहिलो मतपत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गरिसकेपछि प्रतिनिधिसभाकै समानुपातिकतर्फका उम्मेदवारका लागि, त्यसपछि तेस्रो मतपत्रमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारलाई मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका जयप्रसाद गौतमले नुवाकोटका १२ वटै पालिकामा नमुना मतदान कार्यक्रम गरिने बताए । नमुना मतदानको अभ्यास गरेपछि आगामी मंसिर १ गतेसम्म प्रत्येक पालिकाको वडामा चयन गरिएका महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन स्थानीयको घरदैलोमा गएर मतदाता शिक्षा संचालन गर्नसक्ने बताए ।
स्थानीय तहको निर्वाचनमा मत बदर हुने भएपछि उक्त बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको जिल्ला निर्वाचन अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । नुवाकोटमा २ लाख ३९ हजार मतदाता छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया