कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने

विदुर खबर २०७९ कार्तिक १२ गते ८:३०

नुवाकोट । आगामी ४ मंसिरका लागि  नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । संघीय निर्वाचनकाे लागि   घोषणा पत्र सार्वजनिक गर्ने ठूला दलमा काँग्रेस पहिलाे भएकाे छ ।

Advertisement

 प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा  घोषणापत्र सार्वजनिक गर्ने जनाइएको छ । दलहरूले  निर्वाचन घोषणापत्र बिना नै मत माग्न शुरु गरिसकेका छन् ।

निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई  घोषणापत्रमा प्राथमिकतामा राखिएको काँग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले जानकारी दिए । शर्मा घाेषणा पत्र तयारी समितिकाे संयाेजक हुन् ।

Advertisement

तीन खण्डमा तयार पारिएको  घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएको हो । यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

Advertisement

 

प्रतिक्रिया