यो गठबन्धन चुनावका लागि मात्रै होइन : प्रचण्ड

विदुर खबर २०७९ कार्तिक १२ गते ७:०६

नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन चुनावका लागि मात्रै नबनेको बनाएका छन्।

Advertisement

धादिङमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन र संविधान, समावेशी, लोकतन्त्र, राष्ट्र र गणतन्त्र रक्षाको निम्ति गठबन्धन गरिएको दावी गरे।

प्रनण्डले भने, ‘यो गठबन्धन चुनावको लागि भनेर बनेको हैन। संविधान, लोकतन्त्र र समावेशिता र राष्ट्रियताको रक्षा गर्ने उद्देश्यले गरिएको हो।’

Advertisement

माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक र वामपन्थी शक्ति एकजुट भएर अगाडि बढेकोले नै देशबाट राणा शासन, पञ्चायत तथा निरंकुश राजतन्त्रको अन्त्य गर्न सकेको बताए।

उनले गठबन्धनका उम्मेद्वारहरु एकजुट भएर चुनावमा होमिएको दाबी समेत गरे। गठबन्धनका उम्मेद्वार साझा भएकोले गठबन्धनको औचित्य पुष्टि गर्नका लागि मतदाता र कार्यकर्तालाई मतदान शिक्षा दिनुपर्ने उनको भनाइ थियो।

Advertisement

प्रतिक्रिया