बृद्धभत्ता खाने उमेरमा सांसद बन्ने चाहाना, ६८ वर्ष माथिका १२० जना
नुवाकोट । बृद्धभत्ता खाने उमेरका १२० जना नेतामा अझै सांसद बन्ने चाहाना देखिएको छ। सरकारले बृद्धभत्ता दिने उमेर समूहका नै १२० जना प्रतिनिधि सभाको चुनावमा भिड्दैछन्।
सरकार चालु आर्थिक वर्षदेखि ६८ वर्षभन्दा माथिका बृद्धलाई बृद्धभत्ता दिन थालेको छ। यही उमेर समुहमा रहेका १२० नेताले प्रतिनिधि सभाको सांसद बनेर देश चलाउने चाहाना राखेका छन्। प्रदेश सभाको समेत गणना गर्दा २२६ जना ६८ वर्षमाथिका उम्मेदवार देखिएका छन्।
६८ वर्ष माथिका उम्मेदवारमा अधिकाँश पुरुष रहेका छन्। नेपाली काँग्रेसकी सुजता कोइराला र जनता समाजबादी पार्टीकी राधा थापा बाहेक सबै पुरुष रहेका छन्। मंसिर ४ गतेको चुनावमा ३५ जना स्वतन्त्र उम्मेदवार ६८ वर्ष माथिका छन् ।
नेपाली काँगैसका पनि धेरै नेताहरु बृद्धभत्ता खाने उमेरका देखिन्छन्। प्रतिनिधि सभाको निर्वाचनमा उमेद्धारी दिनेमा टिका दत्त पोखरेल सबैभन्दा धेरै उमेरका छन् उनी ९९ वर्ष पुगिसकेका छन्। उनले गोर्खा २ बाट उम्मेदवारी दिएका हुन्। यस्तै तेह्रथुम १ बाट ८७ वर्षका युवराम गौतमले उम्मेदवारी दिएका छन् भने सर्लाही २ बाट ८५ वर्षका महिन्द्र राय यादवले उम्मेदवारी दिएका छन्।
६८ वर्षभन्दा माथिका उम्मेदवारीमा अहिलेका ठूला दलका शिर्ष नेताहरु पनि धेरै देखिन्छन्। लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि ८० वर्ष पुगिसकेका छन्। उनले महोत्तरी ३ बाटा उम्मेदवारी दिएका छन्।
राष्ट्रिय जनमोर्चाका ८० वार्षिय चित्रबहादुर केसीले पनि बाग्लुङ १ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसका पनि ६८ वर्षभन्दा बढी उमेरका धेरै नेताहरु यसपटक चुनाबी मैदानमा उत्रिएका छन्। नेपाली काँग्रेसका रामचन्द्र पौडेलले पनि यसपटक तनहुँ १ बाट उम्मेदवारी दिएका छन्। उनी अहिले ७८ वर्षका भएका छन्। काँग्रेसकै सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि ७७ वर्ष पुगेका छन्। यसपटक पनि उनी डडेलधुराबाटै चुनाव लड्दैछन्। यस्तै काँग्रेसकै अर्जुन नरसिंह केसी पनि ७५ वर्ष पुगेका छन्। उनी नुवाकोट २ बाट चुनाव लड्दैछन्।
काँग्रेसकै डा. नारायण खड्का ७३ वर्षका छन् भने पदम नारायण चौधरी पनि हाल ७४ वर्ष पुगेका छन्। उनी पनि सिराह १ बाट चुनाव लड्दैछन्। कृष्ण प्रसाद सिटौला ७२ वर्ष पुगेका छन्, उनी झापा ३ बाट चुनाव लड्दैछन्। शेखर कोइराला पनि ७२ वर्ष पुगेका छन्। उनी पनि मोरङ ६ बाट चुनाव लड्दैछन्।बलबहादुर केसी सोलुखुम्बु १ बाट चुनाव लड्दैछन्। भिमसेनदास प्रधान काठमाडाैं ६ बाट चुनाव लड्दैछन्। सुजता कोइराला पनि ६८ वर्ष पुगिसकेकी छिन्। उनी मोरङ २ बाट चुनाव लडदैछिन्। बिजय कुमार गच्छदार, भरत कुमार शाह, दिलेन्द्र बडूलगायतका नेताको पनि उमेर ६८ माथि पुगिसकेको छ। उनीहरु सबै यस पटक पनि चुनाबी मैदानमा छन्।
यता नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का नेता झलनाथ खनाल पनि ७२ वर्ष पुगेका छन्। उनी पनि इलाम १ वाट चुनाव लड्दैछन्। यस्तै सोहि पार्टीक अध्यक्ष माधव नेपाल पनि हाल ६९ वर्षका पुगेका छन्। उनी पनि रौतहट १ बाट चुनाव लड्दैछन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि हाल ७० वर्ष पुगेका छन्। उनी झापा ५ बाट चुनाव लड्दैछन्। सुवास चन्द्र नेम्वाङ्ग पनि ६९ वर्ष पुगेका छन् उनी इलाम २ वाट चुनाव लड्दै छन्। इश्वर पोख्रेल पनि ६८ वर्ष पुगेका छन् उनी पनि काठमाडाैं ५ बाट चुनाव लड्दैछन्। काठमाडाैं ७ का एमालेका उम्मेदवार श्याम कुमार घिमिरे पनि ६८ वर्ष माथिका छन्।
यस्तै चर्चित नेताहरु कमल थापा पनि ६८ वर्ष पुग्न लागेका छन् उनी हाल ६७ वर्ष पुगेका छन्। विनोद चौधरी पनि ६७ वर्ष पुगेका छन् भने राजेन्द्र पाण्डे, प्रकाश मान सिँह, उमेश श्रेष्ठ, पुष्प कमल दाहाल प्रचण्डलगायतका नेता पनि ६६ वर्ष पुगेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया