लामिछानेविरुद्ध उजुरी दिने नुवाकोटकी बालिकाको परिचय खुल्यो
नुवाकोट । नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् ।
एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरासतमा रहनुपर्नेछ । असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चारकर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।
नाबालिगको पारिवारिक पृष्ठभूमि यस्तो रहेको छ। जुनेलीका बाबु राजनीतिक कार्यकर्ता हुन् । नेकपा माओवादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घाटा खाएपछि उनी विदेशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे ।
उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को विवाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्रीमती भित्र्याए । जुनेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो विवाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् ।
उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपविरुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अल्लारे उमेरकै छन् । उनको हुलिया पनि अल्लारे नै छ । जुनेली काठमाडौंको एक होस्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी विद्यार्थी हुन् ।
उनको होस्टलको चार्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् ।यद्यपि, दुवैको परिवारसँग उनको आउजाउ भने छ । जुनेलीले लडिरहेको कानूनी लडाइँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन ।
बुवा फ्रन्टमा आउनै नचाहेकाले उनका दाजुले जाहेरीमा दस्तखत गरेका हुन् । प्रहरीले जाहेरी दर्ता गर्नुअघि काठमाडौं इन होटलको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सन्दीप र जुनेली सँगै होटलमा गएको स्पष्ट देखिएपछि जाहेरी दर्ता गर्न प्रहरी तयार भएको थियो ।(नाबालिगको जुनेली नाम परिवर्तन हो) ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया