दुप्चेश्वका योविन्द्रसिंह तामाङ कांग्रेस फर्किए
नुवाकोट । गत वैशाख ११ गते गाउँपालिकाको टिकट नपाएको भन्दै हेलिकप्टर चढेर काठमाण्डौ गई एमाले बनेका दुप्चेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष योविन्द्रस्ािंह तामाङ पुन नेपाली कांग्रेस नै फर्किएका छन् ।
तामाङलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निवार्चन क्षेत्र नं १ को गठबन्धन दलको क्षेत्रिय कार्यालयमा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत लगायतले पार्टी प्रवेश गराएका हुन् ।
उनले आफु अव इमान्दार भएर गठबन्धन दलका नेताहरुलाई जिताउन लाग्ने प्रतिबद्धता व्यक्त गरे । एमालेले आश्वासन मात्र बाँडने र खासै उपलव्धी मुलक काम गर्न नसक्ने देखिएकाले आफु पार्टी परित्याग गरि नेपाली कांग्रेस फर्किएको तामाङले बताएका छन् ।
उनले यसअघि आफुले चुनाव चिन्ह मात्र परिवर्तन गरेको बताँउदै आफु पुरानै पार्टीमा र्फकिएको घोषणा गरे ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष रहेका तामाङलाई काँग्रेसले दोश्रोपटक गाउँपालिकाको उम्मेद्धवार नबनाएपछि एमाले प्रवेश गरेर उम्मेद्धवार बनेका थिए ।
नेकपा एमालेको खम्बाको रुपमा मानिने तामाङले पार्टी छाडेपछि नुवाकोटमा एमालेलाई ठुलो धक्का लागेको छ । तामाङले एमाले छाडेसंगै दुप्चेश्वर सहित अन्य ठाँउबाट समेत ठुलो संख्यामा नेता कार्यकर्ताले एमाले छाडने तयारी गरेका छन ।
तामाङले पार्टी छाडेपछि एमालेबाट उम्मेद्धवार बनेका बद्री मैनालीलाइ प्रतिनिधि सभाको चुनाबमा धक्का पुग्ने आंकलन गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया