नुवाकोटका पुडासैनी काठमाडौंमा झुण्डिएको अवस्थामा मृत फेला परे

विदुर खबर २०७९ असोज ३१ गते १५:५६
सांकेतिक तश्वीर ।

नुवाकोट । नेपाली सेनामा कार्यरत नुवाकोटका भुवन पुडासैनी आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।

Advertisement

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै उनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन ।

Advertisement

प्रतिक्रिया