मिनरल वाटरको भाउ प्रतिबोतल १६ रुपियाँ तय
विदुर खबर
२०७९ असोज २६ गते ७:३५

नुवाकोट । सरकारले पानीको भाउ तय गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लिटर (बोतल) पानीको भाउ १६ रुपियाँ तय गरेको हो ।
विभागले सोमबार व्यवसायीहरूलाई दिएको निर्देशनअनुसार काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपियाँ, २० लिटर जारको ४७ रुपियाँ तथा उपत्यका बाहिर १ लिटर बोतलको २० रुपियाँ र २० लिटर जारको पानी ६० रुपियाँ तोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया