जनताले दिएको मतको दुरुपयोग हुन दिन्न : शुशिल खड्का
नुवाकोट । नेकपा एमाले नुवाकोटका युवा नेता तथा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) का उम्मेद्धवार शुशिल खड्काले जनताले दिएको मतको दुरुपयोग हुन नदिने बताएका छन ।
आईतवार नुवाकोट क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय खरानीटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे खड्काले जनताले दिएको मतको कदर गर्दै आफुले खराव काम नगर्ने बताएका हुन् ।
उम्मेद्धवारी दर्ताको क्रममा खड्काले सम्बोधन गर्दै दोस्रो पटक आफु प्रदेशको उम्मेद्धवार बनेर नआउने समेत व्यक्त गरे । गफभन्दा बढी काम गर्ने खड्काले आफुलाई जनताले जितेर पठाए आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक वडामा रहेका माध्यामिक विद्यालयलाई अंग्रेजी माध्यममा पठाउने स्कुल बनाउने बताए ।
खड्काले आफुले नेतृत्व गरेको पार्टीले जितेमा वडामा रहेका गरिव तथा असाहयहरु भेटिएमा सरकारले दिएको तलव भत्ता थपेर आफुले सहयोग गर्ने बताए । उनले कोही पनि व्यक्तिहरु दुखमा परेको अवस्थामा आफुले सहयोग गर्ने र उनीहरुको लागि प्रत्येक वडामा सेफ हाउस बनाउने प्रतिवद्धता व्यत्त गरे ।
म राजनितिमा पैसा पद र पतिष्ठाको लागि आएको हैन, म विशुद्ध समाजसेवा गर्न आएको हुँ खड्काले भने । उनले वस्नको लागि आफुसँग घर र चढ्नको गाडी रहेको भन्दै पैसा कमाउनु आफुनो उदेश्य नरहेको समेत बताए ।
फरक प्रसंगमा खड्काले आफु एमाले छाडेर जाने हल्ला चलाईएको भन्दै जति बाँच्छु एमाले नै भएर बाँच्ने समेत बताए ।
उनले सुखमा नभएर दुखमा सम्झन समेत सबैलाई आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया