सुनको भाउ दुई दिनमा नै दुई हजार रुपैयाँले सस्तियो

विदुर खबर २०७९ असोज २५ गते १४:२१

नुवाकोट । सुनचाँदीको भाउमा भारी गिरावट देखिएको छ । असोज २५ गते, मंगलबार सुन तोलामा नै एक हजार २०० रुपैयाँले सस्तिएको छ । सुनको भाउ निरन्तर दोश्रो दिन घटेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुनको भाउ पनि ओरालो लागेर ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ।

सुनको भाउ अघिल्लो कारोबार दिन पनि घटेको थियो । सामेबार सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसरी पछिल्लो दुई दिनमा नै सुन प्रतितोला दुई हजार रुपैयाँले सस्तिएको छ ।

Advertisement

सुनसँगै चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सोमबार पनि चाँदीको मूल्यमा गिरावट देखिएको थियो । हिजो चाँदी तोलामा १५ रुपैयाँले नै सस्तिएर प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भयो ।

Advertisement

 

प्रतिक्रिया