सुनको भाउ दुई दिनमा नै दुई हजार रुपैयाँले सस्तियो
नुवाकोट । सुनचाँदीको भाउमा भारी गिरावट देखिएको छ । असोज २५ गते, मंगलबार सुन तोलामा नै एक हजार २०० रुपैयाँले सस्तिएको छ । सुनको भाउ निरन्तर दोश्रो दिन घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुनको भाउ पनि ओरालो लागेर ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ।
सुनको भाउ अघिल्लो कारोबार दिन पनि घटेको थियो । सामेबार सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसरी पछिल्लो दुई दिनमा नै सुन प्रतितोला दुई हजार रुपैयाँले सस्तिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सोमबार पनि चाँदीको मूल्यमा गिरावट देखिएको थियो । हिजो चाँदी तोलामा १५ रुपैयाँले नै सस्तिएर प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया