नेपाली कांग्रेस ८९ क्षेत्रमा चुनाव लड्दै
नुवाकोट। सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएको छ ।
गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि आइतबार बिहानसम्म लगाएर सिट बाँडफाँटको टुंगो लगाइएको हो । जसअनुसार कांग्रेसले प्रदेश १ मा १९, मधेसमा १५, बागमतीमा १८, गण्डकीमा १०, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशका ९ निर्वाचन क्षेत्रबाट मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाएको हो ।
त्यस्तै, नेकपा माओवादीले ४७ मा, नेकपा एकीकृत समाजवादीले १९ र लोसपाले ८ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ भने राजमोले २ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
गठबन्धभित्रका दलहरूले आफ्नो उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गरेर चुनाव जिताउन लाग्ने जनाएका छन् ।
सत्ता गठबन्धधमा आबद्ध दलका नेताहरूले नेकपा एमालेलाई चुनाव हराएर संविधानको रक्षा, स्थायी शान्ति, समृद्धि र विकासको बाटोमा देशलाई लेजान गठबन्धन गरेको प्रतिक्रिया दिएका थिए ।
कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ८९ निर्वाचन क्षेत्रमा सघाउने र ७६ क्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई कांग्रेसले सघाउने सहमतिअनुसार सिट बाँडफाँट गरिएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया