मासु अड्कीएर २ जनाको मृत्यु

विदुर खबर २०७९ असोज १९ गते ८:२२
सांकेतिक तश्वीर ।

नुवाकोट । मासु खाने क्रममा छुट्टा छुट्टै स्थानमा दुइ जनाको मृत्यु भएको छ ।

Advertisement

राँगोको मासु खाँदा घाँटीमा अड्किएर लमजुङमा एक पुरुषको मृत्यु भएको छ । मासुसहितको ह्याकुला निल्ने क्रममा घाँटीमा अड्किएर मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी तबैका ४९ वर्षीय शम्शेरबहादुर परियारको मृत्यु भएको डीएसपी प्रकाश श्रीमलले बताउनुभयो  ।

सोमबार अष्टमीको दिउँसो राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई खुदीस्थित स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।

Advertisement

चिसित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु विकले बताए । प्रहरीका अनुसार मृतकको पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइएको छ ।

त्यस्तै सोमबार साँझ चितवन कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि घाँटीमा मासु अड्किएर मृत्यु भएको थियो ।

Advertisement

 

प्रतिक्रिया