६ वर्षमा नेपालीले १ अर्ब ३१ करोडको तास खेले

विदुर खबर २०७९ असोज १७ गते १९:१७

नुवाकोट । वितेका ६ बर्षमा नेपालीले चाडपर्व तथा अन्य समयमा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको तास खोलेको पाइएको छ ।

Advertisement

भन्सार विभागको तथ्याङक अनुसार आर्थिक बर्ष २०७३÷७४ देखि आव २०७८÷०७९ सम्म एक अर्ब ३१ करोड रुपैयाँको तास आयात भएको हो । खासगरी नेपालमा चाडपर्वको बेलामा तास (प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुने गरेको छ ।

दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ ।

Advertisement

तर, बिशेषगरी चाडपर्वमा धेरै खलिने तास देशभित्र उत्पादन भने हुँदैन त्यसैले पनि बर्षेनी करोडौं रुपैयाँका तास विभिन्न देशबाट नेपाल भित्रिने गरेको छ ।

भन्सार विभागको ६ बर्षको तथ्याङ्क हेर्दा गएको ६ बर्षमा ७ करोड ७१ लाख प्याकेट तार नेपाल आयात भएको छ ।

Advertisement

 

प्रतिक्रिया