एउटै च्यांग्राको मूल्य आधा लाख
विदुर खबर
२०७९ असोज १६ गते १०:०६

नुवाकोट । दशैँलाई लक्षित गरी काठमाडौंंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले ।
डेढ दशकदेखि भेडाच्यांग्राको व्यायापारमा लागेका सिलवालले यस पटक ३ सय च्यांग्रा खरिद गरे ।
उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वषभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारि सिलवालले बताए ।
उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले गोठबाट उपभोक्तासम्म पुग्दा एउटै च्यांग्राको मूल्य आधा लाख भेट्ने बताए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया