रसुवागढी नाकाबाट दुईतर्फी व्यापार र आवागमन सुरु गर्न चीनलाई नेपालको आग्रह
नुवाकोट । रसुवागढी नाकाबाट दुईतर्फी व्यापार र आवागमन सुचारू गर्न नेपालले चिनियाँ पक्षलाई अनुरोध गरेको छ ।
बुधबार नेपाल र चीनका प्रतिनिधीबीच भर्चुअल माध्यमबाट भएको काउन्टरपार्ट बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूलाई रसुवागढी नाका दुईतर्फी रुपमा सञ्चालन गर्न अनुरोध गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
बैठकमा नेपाली पक्षले चीन सरकारको अनुदानमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै निर्माण सम्पन्न गर्न आग्रह गरेको छ । त्यस्तै चिनियाँ सरकारले निर्माण गर्ने स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको निर्माण थालनी यथाशक्य चाँडो सुरु गरिदिन आग्रह गरेको छ ।
चीनको केरुङमा व्यापार व्यावसाय गरेका केही नेपालीहरू कोभिड-१९ का कारण भएको लकडाउनपछि केरुङ फर्किन नपाएको र अहिलेसम्म पनि केरुङमा घरभाडा तिर्नु परिरहेको गुनासोको सम्बन्धमा आवश्यक सहजीकरण गरिदिन चिनिया पक्षसँग अनुरोध गरिएको प्रजिअ जैसीले बताए ।
मित्रराष्ट्र चीनको तर्फबाट पनि बैठकमा विभिन्न विषयहरू प्रस्तुत गरिएका थिए । नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध कायम रहेकोमा खुसी व्यक्त चिनियाँ पक्षले सीमा सुरक्षा तथा स्थिरताका लागि विशेष निगरानी र सतर्कता अपनाइदिन नेपाली पक्षलाई अनुरोध गरेको छ । यसैगरी बैठकमा सीमापार अपराध नियन्त्रणका लागि आवश्यक सहयोग, समन्वय सहजीकरण गरिदिन नेपाली पक्षसँग आग्रह गरेका छन् ।
नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी जैसी र मित्रराष्ट्र चीन सरकारको तर्फबाट सीमा तथा अध्यागमन प्रमुख वाङ सिहोङले भर्चुअल बैठकको नेतृत्व गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया