हुम्लामा भेटियो जङ्गली याक, हेर्नुहोस् चुङ्बा शेर्पाले खिचेका तस्वीर
नुवाकोट । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले अति दुर्लभ जङ्गली याकको तस्वीर खिचेका छन् । हुम्लाको लिमी उपत्यका क्षेत्रमा उनले जंगली याकको तस्वीर खिचेका हुन् । लिमी भ्याली नेपाल-तिब्बतको सीमा क्षेत्र हो, जुन निकै विकट छ ।
यस्तै याकको तस्वीर सन् २०१४ मा नरेश कुसीको टिमले खिचेको थियो, जुन फोटोलाई पछि पाँच रुपैयाँको नोटमा अङ्कित गरिएको थियो । त्यसयता जङ्गली याकलाई आफ्नो क्यामेरामा कैद गर्ने अवसर कसैले पाएको थिएन । ८ वर्षपछि वाइल्डलाइफ फोटोग्राफर शेर्पा जङ्गली याकको तस्वीर खिच्न सफल भएका हुन् । सम्भवतः नेपालमा भेटिएकाे वाइल्ड याककाे उत्कृष्ट तस्वीर यही नै हाे ।
अति दुर्गम क्षेत्रमा हेलिकोप्टरमार्फत पुगेका शेर्पाले आफ्नो यात्रा सफल भएको बताए । ‘मेरो भाग्य भन्नुपर्छ, जङ्गली याकजस्तो अति दुर्लभ जनावरलाई फोटोमा कैद गर्न मैले धेरै कुर्नु परेन’, उनले भने ।
लद्दाख र तिब्बतका केही क्षेत्रमा न्यून संख्यामा पाइने जंगली याकलाई विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अति संवेदनशील सूचीमा राखेको छ । विभिन्न अध्ययन प्रतिवेदनले नेपालबाट जंगली याक लोप भइसकेको देखाएका छन् ।
यसअघि शेर्पाले ‘घोस्ट अफ हिमालय’ भनेर चिनिने अति दुर्लभ हिउँ चितुवाको तस्वीर खिचेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ढोडेबेसीमा अस्थायी मोटरेबल पुल निर्माण सुरु, ‘फास्ट ट्र्याक’मा काम सक्ने तयारी
त्रिशूलीका बाढीपीडितले प्राधिकरणको जग्गामा डोजर चलाए
रङ्गघारीमा फलामे फड्के निर्माण तीव्र, फाउन्डेसन तयार हुँदै
स्काई लभ फाउन्डेसनद्वारा न्यानो कपडा वितरण
भोटेकोशी बाढीपीडितहरूको हकहित र न्यायका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन





प्रतिक्रिया