नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको को ?

विदुर खबर २०७९ असोज ६ गते ७:१५

नुवाकोट । निर्वाचन आयोगले ७७ जिल्लामा जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।

Advertisement

आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको छ।

न्याय परिषद्‌को सिफारिसानुसार असोज ११ गते देखि लागू हुने गरी ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ।

Advertisement

त्यस्तै, बांकी ८८ वटा निर्वाचन क्षेत्रमा भने नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव सरह)का अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया