चामलको भाउ बोरामै २ सय रुपैयाँसम्मले बढ्यो
नुवाकोट । दशैँमा नेपालीको भान्छा महँगो हुने भएको छ । अन्य खाद्यान्नसहित चामलकै भाउ उकालो लागेको छ ।
भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् । पछिल्लो १ हप्तामा मूल्य बढेर चामल बजारमा आएको छ । जिरा मसिनो चामलको खुद्रा मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ । बोरामा २ सय रुपैयाँसम्मले बढेको छ ।
खुद्रा व्यापारीहरुका अनुसार यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि ठाउँ अनुसार २ हजारसम्म पुगेको छ । एकैपटक बोरामा २ सयले भाउ बढेको यो नै पहिलो पटक हो ।
किराना व्यवसायीहरुले पनि चामलको भाउ बढेको बताएका छन् । उनीहरुलाई चामलको सिजन सकिएको नयाँ धान मंसिरमा मात्रै आउने भएकाले चामल कम मात्रामा उपलब्ध हुने भएकाले भाउ बढाउनु परेको उत्तर दिने गरिएको छ ।
अर्कोतर्फ, भारतले गत भदौ २३ मा चामल निर्यातमा कर बढाएपछि नेपालमा स्वभाविक रुपमा भाउ बढेको तर्क व्यवसायीहरुले गरेका छन् । तर, कर भारतले कर बढाएपछि चामलको आयात नै भएको छैन । आयात नै नभएपनि कर बढेको भन्दै नेपालका व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दशैँ लक्षित बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया