काठमाडौंको गोठाटारमा गोली चल्यो, एक घाइते

विदुर खबर २०७९ असोज ३ गते २१:२१

नुवाकोट ।  काठमाडौंको गोठाटारस्थित जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका छन् । गोली चलेपछि उक्त स्थानमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Advertisement

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगिसकेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन ।

केही स्थानीयहरूले भने उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो ।

Advertisement

अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे विवरण लिइरहेको जनाएको छ ।

प्रतिक्रिया