दशैंकाे मुखमा बजारमा सुन छैन,भाउ घट्ने संकेत
नुवाकोट । दशैं घरदैलोमा आइपुगेको छ । यतिबेला बजारमा किनमेल गर्ने सर्वसाधारणहरुको घुचो देख्न सकिन्छ । सुनचाँदी पसलमा पनि सुन किन्नेहरुको भिडभाड देखिन्छ ।
चाडपर्वको समयमा सुन किन्ने उपयुक्त समय भएतापनि सुनको मूल्यमा अस्थिरता र सुनको अभाव हुँदा सुनचाँदी व्यापारले त्यति राम्रो गति लिन सकेको छैन । पछिल्लो समय अमेरिकाको फेडरल रिजर्भ बैंकले व्याजदर बढाएर रेकर्ड कायम गरेकाले सुनको मूल्य सस्तिएको थियो ।
तर अगस्ट २मा ताइवानमा अमेरिकी संसदकी सभामुख न्यासी पेलोसीले अचानक भ्रमण गरेपछि चीन र ताइवानबीचको सम्भावित युद्धका कारण विश्व सुनबजारमा असर पर्यो । सुन बजारमा रुस र यूक्रेन युद्धको प्रभाव केहि कम हुन नपाउँदै ताइवानमा भएको अमेरिकी हस्तक्षेपका कारण चीनको आक्रोशले युद्धको संकेत गरिराखेको छ । सोहि कारण विश्व सुनबजारका लगानीकर्ताहरुले लगानी अर्कोतर्फ मोड्दा सुनको भाउ महंगिएको सुनचाँदी व्यवासायी बताउँछन् । तर सो तनाव शान्त हुने संकेत पाएमा सुनको भाउ घट्ने आंकलन व्यवासायीहरुको छ ।
सुनको भाउ घटेर प्रतितोला ८५ हजार रुपैयाँसम्ममा झर्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । ताइवानलाई लिएर चीन र अमेरिकाबीचको तनावका कारण सुनको भाउ बढेको हो । अन्यथा युद्धको जोखिम नभएको अवस्थामा सुनको भाउ घट्नुपर्ने हो । सुनको भाउ ८५ हजार रुपैयाँसम्म आउन सक्ने उनी सुनाउँछन् ।
हरेक वर्षझैं यस वर्षको दशैं पनि सुनचाँदी बजारमा रौनकता छ । तर माग बमोजिम व्यवसायीहरुले गरगहना आपूर्ति गर्न नसक्दा अवस्था भने कठिन बनेको छ । नेपालमा अहिले दैनिक ४० किलो सुनको माग भएतापनि नेपाल सरकारद्धारा १० किलो मात्र उपलब्ध गराइएको छ । जसकारण व्यवसायीहरुले अभावको सामना गरिरहनुपरेको छ ।
दशैं आउन लाग्दा नेपालमा सुनको माग उच्च रहेको छ तर सुन छैन । अहिलेको अवस्थामा ४० किलो भन्दा सुन चाहिने भएपनि १० किलो मात्र सरकारबाट पाइएको हामीलाई थेग्न गरिएको छ, महासचिव बज्राचार्य गुनासो पोख्छन् ।
अभाव हुन नदिन व्यवसायीहरुले नेपाल राष्ट्र बैंकको ढोका पनि ढकढकाएका छन् तर त्यसको सुनुवाई भने नभएकोमा उनीहरु दुखी भएको बताउँछन् । व्यवसायी बज्राचार्य भन्छन्, नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छौं, तर कहिलेसम्म यो समस्या समाधान हुने टुंगो छैन । डलरको अभाव भउको समयमा पनि हामीलाई यति सुनको व्यवस्था गरेको उहाँहरु भन्नुहुन्छ । तर पनि यस बारेमा विचार गर्ने राष्ट्र बैंकले बताएको छ ।
दशैंमा राम्रो व्यापार हुने भएतापनि सुनको कमी हुँदा सर्वसाधारणले दिएको अर्डर व्यवसायीहरुले लिन सकिरहेका छैनन् । माग अनुसार सुन भएमा व्यापार राम्रो हुने आशामा बसेका व्यवसायीहरु यतिबेला पर्ख र हेरको अवस्थामा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया