नुवाकोट निर्माण व्यवसायी संघका पदाधिकारीद्धारा सपथग्रहण

नुवाकोट । निर्माण व्यवसायी संघ नुवाकोटका नव निर्वाचित पदाधिकारीहरुले शनिवार सपथ ग्रहण गरेका छन् ।
संघको कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेका हुन् ।
संघको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष शैलेन्द्रराज प्याकुरेललाई म्ख्य निवौचन अधिकृत पवन राज खड्काले सपथ खुवाएका थिए भने अन्य पदाधिकारीलाई नवनिर्वाचित अध्यक्ष प्याकुरेलले सपथ खुवाएका थिए ।
सपथग्रहण लगत्तै संघका निर्वतमान अध्यक्ष सुमन अधिकारीले अध्यक्ष प्याकुरेललाई आफ्नो कुर्सीमा लगेर बसाएका थिए । अध्यक्षमा निर्वाचित प्याकुरेलले सबै निर्माण व्यवसायीहरुलाई एकताबद्ध गरेर लैजाने बताए । उनले साना निर्माण व्यवसायीको हकहितको लागि सदैव निर्माण व्यवसायी संघ लागीपर्ने बताए ।
संघको शुक्रवार भएको अधिवेशनमा महासचिव वाहेक सबै पदमा प्याकुरेल समुहका उम्मेद्धवार विजयी भएका थिए ।
महासचिवमा कृष्ण प्रसाद थपलिया सुमहका शुशिल फुयाँल विजयी भएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया