भारतबाट पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घटेर आयो

विदुर खबर २०७९ असोज १ गते १२:४९

नुवाकोट ।  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य अनुसार यसपटक पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा र डिजेलमा ४२ पैसाले मूल्य घटेर आएको हो।

Advertisement

यसको पुष्टि नेपाल आयल निगमले गरेको छ। तर मूल्य घटेर आए पनि निगम घटाएर बेच्ने पक्षमा देखिएको छैन। पहिल्यै धेरै नोक्सानीमा रहेको भन्दै निगमका अधिकारी चुपचाप देखिएका छन्।

सरकारले गत असार दोस्रो साता पेट्रोल-डिजलको मूल्यमा सामान्य कटौती गरेको थियो। तर लगातार बढेको मूल्यका कारण उपभोक्तालाई खासै घटेको अनुभव हुनै पाएन।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले गर्दा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको थियो। सोहीअनुसार आईओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।

उक्त नयाँ मूल्य अनुसार अझै डिजेलमा प्रतिलिटर लगभग ५ रुपैयाँ घाटा कायमै रहेको निगमले जनाएको छ। निगमले पछिल्लो समय डिजल र मट्टितेलमा प्रति लिटर ६/६ रुपैयाँ मूल्य बढाएको थियो। उक्त मूल्य समायोजनपछि भने निगमलाई १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी बेहोरेको जनाएको छ।

Advertisement

आईओसीले पछिल्लो समय पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर निगमलाई मूल्य पठाएको थियो। तर, आइओसीले मट्टितेल र एलपी ग्यासको भाउ केही घटाएर पठाएको थियो।

त्यतिबेला पनि पेट्रोलमा भने निगमलाई प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा नै थियो। यसपालि ६.५५ रुपैयाँले घटेर आएकाले पेट्रोलमा उक्त नाफा बढेर लगभग ९ रुपैयाँ कायम हुने अनुमान गरिएको छ।

प्रतिक्रिया