भारतबाट पेट्रोल प्रतिलिटर ६ रुपैयाँले घटेर आयो
नुवाकोट । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य अनुसार यसपटक पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा र डिजेलमा ४२ पैसाले मूल्य घटेर आएको हो।
यसको पुष्टि नेपाल आयल निगमले गरेको छ। तर मूल्य घटेर आए पनि निगम घटाएर बेच्ने पक्षमा देखिएको छैन। पहिल्यै धेरै नोक्सानीमा रहेको भन्दै निगमका अधिकारी चुपचाप देखिएका छन्।
सरकारले गत असार दोस्रो साता पेट्रोल-डिजलको मूल्यमा सामान्य कटौती गरेको थियो। तर लगातार बढेको मूल्यका कारण उपभोक्तालाई खासै घटेको अनुभव हुनै पाएन।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले गर्दा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको थियो। सोहीअनुसार आईओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।
उक्त नयाँ मूल्य अनुसार अझै डिजेलमा प्रतिलिटर लगभग ५ रुपैयाँ घाटा कायमै रहेको निगमले जनाएको छ। निगमले पछिल्लो समय डिजल र मट्टितेलमा प्रति लिटर ६/६ रुपैयाँ मूल्य बढाएको थियो। उक्त मूल्य समायोजनपछि भने निगमलाई १५ दिनमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सानी बेहोरेको जनाएको छ।
आईओसीले पछिल्लो समय पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर निगमलाई मूल्य पठाएको थियो। तर, आइओसीले मट्टितेल र एलपी ग्यासको भाउ केही घटाएर पठाएको थियो।
त्यतिबेला पनि पेट्रोलमा भने निगमलाई प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा नै थियो। यसपालि ६.५५ रुपैयाँले घटेर आएकाले पेट्रोलमा उक्त नाफा बढेर लगभग ९ रुपैयाँ कायम हुने अनुमान गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया