नुवाकोटको बट्टारस्थित एक घरमा दिउँसै चोरी
विदुर खबर
२०७९ भदौ २९ गते २१:५५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघर नजिकै दिउँसै चोरी भएको छ ।
दिउँसोको समयमा मानिस नभएको मौका छोपी चोरले कोठाभित्रको सामान तथा पैसा चोरी गरेको हो । हावाघर पछाडी रहेको भिमसेनमार्गमा रहेको दिलवहादुर शाक्यको घरमा चोरी भएको हो ।
विहान करिव साढे ११ बजे खाना खाएर घरबाट निस्केका शाक्य राती ८ बजे घर फर्कदा घरमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
शाक्यको कोठाबाट ७ तोला सुनसहित नगद ४० हजार रुपैयाँ र एउटा चाँदीको करुवा चोरी भएको हो ।
चोरले घरको अगाडीको ताला फोरेर चुकुल लगाई पछाडीबाट भागेको प्रहरीले बताएको छ । स्थानियले भने चिनेजानेकै व्यक्तिले घरमा चोरी गरेको आशंका गरेका छन् ।
Advertisement
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया