नुवाकोटमा पहिलोपटक बालसाहित्य महोत्सव हुने
नुवाकोट । नुवाकोटमा आगामी असोज ४ र ५ गते पहिलो पटक बाल साहित्य महोत्सव हुने भएको छ ।
रुडेक नुवाकोट, नेपाल बाल साहित्य समाज र रुम टु रिडको आयोजनामा महोत्सव हुन लागेको हो । बाल दिवसको साताव्यापी कार्यक्रमक अन्र्तगत बाल साहित्य महोत्सवको आयोजन लागिएको आयोजकले बताएका छन् ।
विद्यालय, समाज र परिवारमा पठन संस्कृतिको विकास गर्ने, शिक्षा, साहित्य, कला र विकासवारे बहस गर्ने उदेश्यलेख बाल साहित्य महोत्सव आयोजना लागिएको बुधवार विदुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था रुडेक नेपालका अध्यक्ष मिन कुमार केसीले जानकारी दिए ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा हुने महोत्सव शिक्षामन्त्रि देवेन्द्र पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ लगायतलाई आमन्त्रण गरिएको केसीले विदुर खबरलाई जानकारी दिए ।
महोत्सवमा मुख्य वत्ताको रुपमा प्रा.डा. विद्यानाथ कोइराला लगायतको उपस्थिति रहने बताइएको छ । महोत्सवमा नेपालका प्रसिद्ध लेखक,कवि, चित्रकार, कलाकर्मी, शिक्षाप्रमी र साहित्यकारहरुको जमघट हुने आयोजकले दाबी गरेको छ ।
महोत्सवमा झण्डै ५ सयभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहने अनुमान गरिएको छ । महोत्सलाई जिल्ला समन्वय समिति नुवाकोट, शिक्षा विकास तथा समन्वय इकाई नुवाकोट, विदुर नगरपालिका, सुर्यगढी गाउाँपालिका, शिवपुरी गाउँपालिका, पन्चकन्या गाउँपालिका र नुवाकोट आर्दश बहुमुखी क्याम्पस लगायतले सहयोग गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया