संगम सहकारीको नाफा १५ लाख ५५ हजार ८८३ रुपैयाँ पुग्यो

विदुर खबर २०७९ भदौ २७ गते ११:२१

नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति ३२ करोड नाघेको छ ।

Advertisement

आर्थिक वर्ष २०७८/०७९ को असारमसान्तसम्ममा कुल सम्पत्ति गत वर्षभन्दा २ करोडले बढेर ३२ करोड १९ लाख रुपैयाँ पुगेको छ । शनिबार विदुरमा आयोजित संस्थाको २६औं साधारणसभामा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनअनुसार सहकारीको शेयर पूँजी एक करोड ८० लाख रुपैया पुगेको छ । सहकारीको कुल निक्षेप ६.५१ प्रतिशतले बढेर २४ करोड १५ लाख ४१ हजार १७२ रुपैया पुगेको छ । जगेडा कोष तथा कोषमा १ करोड ३८ लाख ५७ हजार ७१२ रुपैंयाँ रहेको छ । सहकारीले खुद नाफा १५ लाख ५५ हजार ८८३ रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

Advertisement

सहकारीले लिखु गाउँपालिकाको छहरेमा आफ्नो पहिलो सेवा केन्द्र विस्तार गर्नेको लागि प्रारम्भिक बैठक समेत सम्पन्न गरिसकेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले संगम सहकारी जिल्लाकै सहकारीको तुलनामा अब्बल रहेको बताउनुभएको छ । प्रमुख श्रेष्ठले शेयर सदस्यहरुको सेवाका लागि संगम सहकारीले गरेको कार्य अनुकरणिय रहेको बताए ।

Advertisement

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोकर्णनाथ न्यौपानेले नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्ने सहकारीहरु हमेशा सफल र उदाहरणिय रहने बताउँदै संगम सहकरीले पनि यी तीन पक्षलाई आत्मसाथ गरेको बताए । सहकारी क्षेत्रमा केही समस्या र विकृति आएको भएपनि नुवाकोटमा सहकारीहरुमा त्यस्ता समस्या अहिलेसम्म देखानपरेको र आफुहरु नियमन र अनुगमन निरन्तर रहिरहेको अध्यक्ष न्यौपानेले बताए । सहकारी भेगअनुसार प्रकृति भएतापनि सबै सहकारीले मर्मअनुसारको कार्य गर्न नसकेको बताए ।

कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि बनेका सहकारीका शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, तारकेश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष चक्रबहादुर तामाङ, विदुर वडा नं. ९ का सदस्य राजकुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका सदस्य राजेन्द्र श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा आव २०७८/०७९ मा उत्कृष्ट कारोबार गर्नेमा बचततर्फ राधिका नापित, ऋणतर्फ टंकबहादुर बानियाँ, बाबुनानी बचतमा याशिका तामाङलाई सम्मानित भए ।

यसैगरी सहकारीको आयोजनामा जिल्लास्तरिय अन्तर मावि संगम वक्तृत्वकला प्रतियोगिताका विजेताहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन्। प्रतियोगितामा पृथ्वी माविका रेजिना भण्डारी प्रथम, कल्याणकारी विद्या मन्दिरका समीक्षा श्रेष्ठ द्वितीय, अर्किड एकेडेमीका स्मृति रिमाल तृतीय भएका थिए ।

यस्तै, स्पार्कल इन्टरनेसनल स्कुलका सिम्रन अधिकारी र अर्किड एकेडेमीका प्रतीक्षा रिमालले सान्त्वना प्राप्त गरका थिए । विजयी हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २/२ हजारसहित प्रमाणप्रत्र प्राप्त गरेका छन् ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुदिप अमात्यले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया