विदुर खानेपानी उपभोक्ता समितिका पदाधिकारीले सपथ खाए
नुवाकोट । विदुर खानेपानी उपभोक्ता समितिका नव निर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेका छन् ।
शुक्रवार समितिको कार्यालय विदुरमा नवनिर्वाचित अध्यक्ष संजीव श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत जयप्रसाद गौतमले सपथ खुवाएका थिए भने अन्य पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष संजीव श्रेष्ठले सपथ खुवाएका थिए ।
सपथग्रहण गर्दै विदुर खानेपानी उपभोत्ता समितिका नव निर्वाचित अध्यक्ष संजीव श्रेष्ठले अब विदुरवासीलाई स्वस्च्छ र सफा पानी घरघरमा पुराउनेमा आफ्नो योजना रहेको बताए । उनले आम उपभोत्ताको चाहाना र गुनासोलाई सम्बोधन गर्न आफ्नो टिम सधैँ लागिपर्ने बताए ।
यसअघि शुक्रवार विहान सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका उम्मेद्धवारलाई पराजित गरि एमाले–राप्रपाका साझा उम्मेद्धवार संजीव श्रेष्ठको प्यानल नै विजयी भएको थियो ।
उपाध्यक्षमा भने गठबन्धनका उम्मेद्धवार नमराज न्यौपाने विजयी भएका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया